०८ बैशाख २०८१, शनिबार
2024-04-20

देवानगन्ज गाउँपालिकामा नेपाली काङ्ग्रेसको अग्रता कायमै

आर्य न्युज

विराटनगर ०२ गते जेष्ठ । देवानगन्ज गाउँपालिकामा नेपाली काङ्ग्रेस अग्रता कायमै राखेका छन् । गत ३० गते शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि सुरु भएको थियो । मतगणना सुरु भए संगै नेपाली काङ्ग्रेस अग्रता लिएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार ७४६९ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता ३०३५, जसपाका वेचन मेहता २४३३, एमालेका  चन्दन यादव १४४८मत प्राप्त गरेका छन् । उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव २९००, जसपाका आशमनीकुमारी यादव २०८१, एमकेका जमुना मेहता १५६१ मत प्राप्त गरेका छन्।मतगणना जारी छ ,थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०९:१२:२३ , २ वर्ष अगाडि

error: Content is protected !!