२३ बैशाख २०८१, आइतबार
2024-05-05

विश्व सम्पदा सूचीमा सुचीकृत गराउन मौलापूरमा मधानी महोत्सव हुँदै : पुर्वमन्त्री प्रभु साह

Aarya News

रौतहट । रौतहटको मौलापुर नगरपलिकाद्वारा धार्मिक पर्यटन विकास तथा मधानी महायज्ञलाई विश्व स्तरमा चिनाउने उद्देश्यले आयोजित महोत्सवमा तेस्रो दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौं पहलवानले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान देवा थापा र भारत हरियाणाका पहलवान मन्नु, नेपालका राष्ट्रिय खेलाडी लक्ष्मण यादव, ब्रह्मदेव यादव, मोखतार आलम, भारत अयोध्याका अमित बाबा र तीन जोडी महिला पहलवान मुख्य आकर्षणको केन्द्र बनेका थिए । नगर प्रमुख रिना कुमारी साहले उदघाटन गरेको प्रतियोगितामा महिला र पुरुष गरी ३० जनाले भाग लिएका थिए ।

गत शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेको मौलापुर मधानि महोत्सव २०७९ को दोस्रो दिन शनिबार भारतीय भोजपुरी फिल्मका सुपर स्टार नायक पावन सिंह र नायिका काजल राघवानीको प्रस्तुति थियो । पावन र काजलको गीत तथा नृत्य हेर्न पर्सा, बारा, रौतहट, सर्लाही,महोत्तरीका साथै भारतबाट एक लाखभन्दा बढी दर्शक जम्मा भएका थिए ।

उनीहरूको प्रस्तुतिपछि आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मेयर रिना कुमारी साहले भोजपुरी नायक पावन सिंह र नायिका काजल राघवानीलाई संयुक्त रूपमा मायाको चिनो दिएर सम्मानका साथ बिदा गरेका थिए । मौलापुर नगरपालिकाद्वारा चौथो वर्ष आयोजित मधनी महोत्सवमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भूमि पुजन, अष्टयाम भएको थियो । पहिलो दिन भारतीय भोजपुर गायिका ईन्दु सोनालीले गीत तथा नृत्य प्रस्तत गरेकी थिइन् । महोत्सवमा नेपाली तथा भारतीय दर्जनौं कलाकारको प्रस्तुति थियो ।

२०५६ सालमा जमिन उत्खननको क्रममा मौलापुर ५ पटौरामा मन्दिरको आकृति फेला परेको थियो । तत्कालीन संघीय सांसद प्रभु साहको पहलमा नेपाल तथा बेलायतका भूगर्भविद्ले उक्त मन्दिर १ हजार वर्ष पुरानो रहेको अनुमान गरेको थिए । उक्त स्थानलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन सोही वर्ष मौलापूर नगरपालिकाद्वारा मधानी महोत्सव आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति: २०२३-०२-२० , समय : ११:२२:२५ , १ वर्ष अगाडि

error: Content is protected !!