०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

एनसेल संचालक बाटै प्रयोगकर्ता सास्ती

राजीव कुशवाहा

विराटनगर। एनसेल (NCELL) सिम प्रयोगकर्ताहरु कमश एनसेल (NCELL) संचालक बाटै सास्तीमा पर्दै आएको छ।

यो सिम प्रयोगकर्ताहरुले फोन गर्नु पर्ने बेला नेटवर्कको समस्य ,कहिले कहिँ विभिन्न कारण देखाई पैसा काट्ने समस्या अहिले पनि उतिकै छन् । समस्या समधान गर्नु पर्ने भन्दा झन् समस्या दिदै आएको देखिन्छ। हाले एनसेल (NCELL) कम्पनीले बजारमा ल्याएको रिचार्ज कार्डमा समस्या देखिएको छ। बजारमा पाउने रिचार्ज कार्डमा १६ अंकको पिन नम्बर हुनुपर्ने तर अहिले अक्षर र अंक दुइटै देखिएको छ। यसले प्रयोगकर्ताहरुमा ठुलो समस्या आएको हो।

एनसेल (NCELL)को रिचार्ज गर्नु परेको खण्डमा रिचार्ज कार्ड लिने वितिकै सोही ठाउँमा रिचार्ज कार्डको नम्बर नहालेमा उनीहरूको रकम खेर जाने वा महगो पर्ने गरेका छन्। बजारमा ल्याएको रिचार्जमा गलत संकेत भएको कारण प्रयोगकर्ताहरु मारमा पर्ने गरेका हुन। यस्तो समस्य बढीमा १०० को रिचार्जमा देखिएको छ।

कतिपय प्रयोगकर्ता ]ले रिचार्ज कार्ड लिए पछि घरमा गएर वा अन्य कुनै स्थानमा पुगेर रिचार्ज गर्न नम्वर निकाल्दा अचम र गलत संकेत भएको पिन नम्बर फेला पर्ने गरेका छन्। यस बाट उनीहरु लाई ठुलो समस्या हुने गरेको छ। बजारमा सर्वत्र एनसेल (NCELL) रिचार्ज पाउने गरिएकोले प्रयोगकर्ताहरुले आफुलाई आवस्यक परेको खण्डमा रिचार्ज लिने गरिन्छ।

यस विषयमा एनसेल (NCELL) शाखा विराटनगरका कर्मचारी सम्राट पोखरेल संग जिज्ञासा राख्दा प्राविधिक कारणले गलत संकेत हुन गएको कुरा बताउनुभयो। यसतर्फ कार्यालयले खोजि गर्ने र यस्तो समस्या आएमा एनसेल (NCELL) कार्यालय या ९००५ मा सम्पर्क गरि रिचार्ज गर्न सकिने उहाँले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०९:४५:११ , १ वर्ष अगाडि

error: Content is protected !!