०८ बैशाख २०८१, शनिबार
2024-04-20

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु १ जना घाईते

Aarya News Desk

विराटनगर। झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी- १० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

यसै गरी आज मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी- २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

यसै गरी आज झापाको कनकाई नगरपालिका- १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-२३ , समय : ०९:१२:४२ , १ वर्ष अगाडि

error: Content is protected !!