१५ बैशाख २०८१, शनिबार
2024-04-27

विराटनगर महानगरपालिकाको वडा नम्बर १७ मा जसपा विजय

आर्य न्युज

जेष्ठ ०२ गते ।विराटनगर महानगरपालिकाको वडा नं. १७ मा जनता समाजवादी पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ  । जसपाका समिम कमर मियाले १ हजार ४५० मत प्राप्त गरी विजयी भएको छ ।
निकटत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरेका छ्न । आलम यसअघि विराटनगर १५ का तत्कालिन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष निर्वाचित भएको थियो ।
उहाँ कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ मा उठेका थिए । वडा नंं १७ को सदस्यमा जसपाका जाकिर आलम १२०१, महमद मन्जर आलम १०६२, महिला सदस्यमा चुलिया देवी साह १२८२ र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान १२७७ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाको ६ वटा वडामा जारी मतगणनामा वडा नं. १९ मा नेकपा एमाले प्यानलै निर्वाचित भइसकेको छ । वडा नं. १, २, १६ र १८ को मतगणना जारी छ ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०९:२०:३६ , २ वर्ष अगाडि

error: Content is protected !!