१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

सुरेन्द्र कुशवाहा

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो ।

नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै प्रत्येक दिन विहान ७ बजे देखि अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने भएको छ । भने विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु ज्यु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुन कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन हुने भएको आयोज समितिले जानकारी दिइएका हुन ।

मुक्तामय बन्न्का लागि सनातन साधना शास्त्रहरुले सम्पुर्ण देविदेवतालाइ इस्ट मानी पुजा गर्ने विधि निर्माण गरिएको छ । श्री राम ,रघुनाथ ,राघव ,रामचन्द्र लगायत अन्य नामले चिनिने भगवान मर्यादा पुरुषोत्तम श्री राम एवम सम्पुर्ण देविदेवताहरुको मुर्ती तथा प्रतिमा स्थापन गरि पुजा अर्चाना र अभिषेक गर्ने अनिकाल देखि आर्य परम्परा लाई निरंतरता स्वरुप मर्यादा पुरुषोत्तम प्रभु श्री रामको समझना यस क्षेत्रका स्थानीय सम्पुर्ण धर्म प्रेमी , श्रद्धालुभक्तजनहरुको पहल बाट वि. स . २०२६ सालमा प्रभु श्री रामजानकी मन्दिरको स्थापन भएको हो।

यस संस्थाको लक्ष्य र उदेश्य समाजमा धार्मिक , समाजिक ,सान्स्कृतिक ,आर्थिक रुपले समाज लाई एक्यवद्ध गराइ अगाडि बढाउनु रहेकोे छ । त्रेता युगमा प्रभु श्री रामजि वनवासि जीवन विताइ रहदा सुनसरी जिल्लामा अवस्थित नेपालको सास्कृतिक सम्पदामा सुचिकृत एतिहासिक रामधुनी मन्दिरमा बस बसेको र यहि बाटो हुँदै यात्रा गर्नु भएको एतिहासिक मान्यताका साथ यस संस्थालाई जग्गा स्व. नेवि सुरदास महतो साथै अन्य सम्पुर्ण जनताहरुले जग्गा र अन्य द्रव्य दान गरि मन्दिर निर्माण गरि बाबा नारायण दास बाट पुजा सुभारम्भ गर्नु भएको थियो ।

भने बाबा सन्तोषी दास ,फैलाहरी दास,विष्णु दास र हाल बुद्धि लाल दासले नियमित पुजा पाठ गरिरहनु भएको छ । सोही भुमिमा संस्थाको दायित्व र जिम्मेवारीमा रहि सतल निर्माण कार्य भइरहेकोे र हालसम्म यस पुर्ण गर्न नसकिएको हुँदा उक्त संरचनालाई सम्पन्न गर्नका लागि सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ साथै धार्मिक कार्यहरू संचालन गरि पर्यटकीयधामका रूपमा सु – प्रतिष्ठत गराउदै लैजाने लक्ष्य रहेकोे छ ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १९:२५:५८ , १ वर्ष अगाडि

error: Content is protected !!