०६ जेठ २०८१, आइतबार
2024-05-19

अबैध कपडा बरामद

Aarya News

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ ।

आइतबार राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको  प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो ।

बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:१४:२४ , १ वर्ष अगाडि

error: Content is protected !!