२४ बैशाख २०८१, सोमबार
2024-05-06

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

Aarya News

विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधी LUPIGESIC, DIAZEPAM र PHENERGAN गरी १ सय ८८ एम्पुल बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-१० नागाडुब्बाका ४८ बर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।


 

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:३९:१७ , १ वर्ष अगाडि

error: Content is protected !!