१२ बैशाख २०८१, बुधबार
2024-04-24

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Aarya News

विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका साईकल यात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक काठमाण्डौ दक्षिणकाली-५ का ४० बर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:५२:२३ , १ वर्ष अगाडि

error: Content is protected !!