१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Aarya News

विराटनगर। झापाको कमल गाँउपालिका-७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका-२ का २० बर्षीय रिवाज पौडेल र स्कुटीमा पछाडी सवार दमक नगरपालिका-८ का १८ बर्षीय सुरज चौधरीलाई उपचारको लागि B&C अस्पताल बिर्तामोडमा लागिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको हो भने चौधरीको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : १२:२२:३० , १ वर्ष अगाडि

error: Content is protected !!