०८ बैशाख २०८१, शनिबार
2024-04-20

बलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते

Aarya News Desk

विराटनगर। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन ।

आइतवार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देबेन्द्र दास सहितको टोलीले गाडीको चालक सहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरद्धारा काठमाण्डौ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ भने मृतक लाशलाई समेत पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।

घाईतेहरुः
चालक चिसंखुगढी-१ का २५ बर्षीय सुमन कार्की, यात्रुहरु- चिसंखुगढी-१ का ४० बर्षीय केन्द्र बहादुर कार्की, २२ बर्षीय खेम बहादुर खत्री, चिसंखुगढी-२ कि ५७ बर्षीया तिल कुमारी श्रेष्ठ, १३ बर्षीया आयुशा श्रेष्ठ, चिसंखुगढी-३ कि २६ बर्षीया सर्मिला श्रेष्ठ, उनको ४ बर्षीया छोरी लरिसा श्रेष्ठ, सिद्दिचरण नगरपालिका-१० कि ४० बर्षीया तुलसा धमला उनको २ बर्षीय छोरा बिनय धमला र चिसंखुगढी-३ कि ५० बर्षीय तिर्थलक्ष्मी श्रेष्ठ समेतलाई काठमाण्डौ । मोलुङ गाउँपालिका-१ कि ३५ बर्षीया जानुका धमला र उनको छोरा ४ बर्षीय कोसिस धमलालाई मिसन अस्पताल ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : १९:३१:४४ , १ वर्ष अगाडि

error: Content is protected !!