१५ जेठ २०८१, मंगलबार
2024-05-28

बिहे भोज खाने क्रममा एक जनाको मृत्यु

Aarya News

विराटनगर । मोरङमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको हो । आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०३-०७ , समय : १०:०८:१९ , १ वर्ष अगाडि

error: Content is protected !!