२३ बैशाख २०८१, आइतबार
2024-05-05

आज तराईमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

राजीव कुशवाहा

विराटनगर । रंगहरुको पर्व फागू अर्थात होली पर्व आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ ।

सोमबार पहाडी र हिमाली जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइएको थियो । आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने गर्दछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

होलीका अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २०२३-०३-०७ , समय : १०:३०:१३ , १ वर्ष अगाडि

error: Content is protected !!