०७ जेठ २०८१, सोमबार
2024-05-20

सप्तकोशीमा पौडी खेल्नेक्रममा एक युवाको मृत्यु

Aarya News

विराटनगर। सप्तकोशीमा पौडी खेल्नेक्रममा उदयपुरका एक युवाको मंगलबार मृत्यु भएको छ।

बिहान १०:३० बजे कोशीमा पौडी खेल्नेक्रममा बेलका नगरपालिका- ८ बकुन्द्रे नजिकबाट बेपत्ता भएका वडा नम्बर ६ का १७ वर्षीय सुदिप बिष्ट साँझ फेला परेका हुन्।

वडा नम्बर ४ गुरुङचौरीका जनम गतराजसंगै पौडी खेल्न निस्केका विष्टको कोशीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए।

कोशीमा बेपत्ता भएको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय ईटहरीबाट खटिएको टोलीले एक सय मिटर तल विष्टको शव फेला परेको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १५:०५:१७ , १ वर्ष अगाडि

error: Content is protected !!