२५ बैशाख २०८१, मंगलबार
2024-05-07

हुण्डि कारोवारमा संलग्न १ जना पक्राउ

Aarya News

विराटनगर। हुण्डि कारोवारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं.-१५ सुडी वस्ती बस्ने बर्ष ३१ को धर्मानन्द साहलाई पक्राउ गरेको हो।

विहिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १६:३० बजे विराटनगर महानगरपालिका वडा नं.-६ स्थित को २९ प ९७३९ नम्बरको मोटरसाईकलमा सवार साहलाई नेपाली नगद रू. ४,७५,०००।- (चारलाख पचहत्तर हजार), बिभिन्न बैंकको चेक, ATM कार्ड, भौचर र मोवाईल थान १ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले बताउनुभयो।

हुण्डि कारोवारमा संलग्न रहेकोले सम्मानित मोरङ जिल्ला अदालतबाट हुण्डि सम्बन्धि कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भई रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१० , समय : १८:०७:१४ , १ वर्ष अगाडि

error: Content is protected !!