१५ जेठ २०८१, मंगलबार
2024-05-28

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

Aarya News

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ घरमा बिजुली सर्ट भएर आगलागी भएको थियो ।

आगलागीबाट घर र सामान जल्दा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२३-०३-११ , समय : ०७:४४:५५ , १ वर्ष अगाडि

error: Content is protected !!