१५ जेठ २०८१, मंगलबार
2024-05-28

त्यागे कांग्रेस नवनिर्वाचित राष्ट्रपति पौडेल

Aarya News

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन् । पौडेलले आइतबार कांग्रेसबाट अलग भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराएका छन् । पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन् ।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०२३-०३-१२ , समय : १७:०७:०९ , १ वर्ष अगाडि

error: Content is protected !!