१५ बैशाख २०८१, शनिबार
2024-04-27

युवा परे अलमलमा; नेता छिरे महलमा

मनोज महतो

बर्दिबास महोत्तरी। जबसम्म विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउन सकिँदैन, तबसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्दैन।

देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन र रूपान्तरणका अग्रदूत युवा नै हो तर नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवालाई परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रमको अभावमा युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान विवश छन् कि त देशमै रोजगार नपाएर कुलत तथा लागु औषधको दुर्बेशनमा फसेकाछन। हरेक महत्वपूर्ण परिवर्तनमा मुख्य भूमिका निर्वाह गरेका युवाको सर्वांगीण विकासमा राज्य जिम्मेवार हुन सकेको छैन।

राज्यले युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्र निर्माण एवं देश विकासमा लगाउन सके देशको मुहार फेरिन बेर लाग्दैन तर देशको भबिस्य र बिकासका सम्बाहक युवाहरुलाइ राज्यद्वरा अपेक्षित गर्दै कार्य क्षमता अनुसारको रोजगारको बेबस्थापनमा राज्री चुक्दै जादा युवाहरु परिवारिक र आर्थिक सन्कट झेल्दाझेल्दै मान्सिक तनाव र डिप्रेशनमा परि लागुओषध दुर्बेशन मा फस्न पुग्छन।यदि परिवारको कुनै एकजना कुलतमा फस्यो भने समाजले उसलाइ अर्कै दृष्टिले हेर्छ सिङै परिवारमा अनावस्यक तनाव पैदा हुन्छ।

गाउँमा कुनै घटना भयो भने सबभन्दा पहिले दुर्व्यसनीकै परिवारमाथि शंका गरिन्छ ‘एकजनाको कारणले गर्दा पुरै परिवार तनावमा पर्छन् पछि परिवारै बिखर्ने जोखिमपुर्ण अबस्थामा पुग्न बेर लागदैन।हिजो आज लागूऔषधसहित मान्छे पक्राउ नपर्ने कुनै दिन हुँदैन दैनिक सरदर तीनजना लागूऔषध ओसारपसार, बिक्रीवितरण र सेवनमा पक्राउ पर्ने गर्छन नेपाल–भारत खुल्ला सीमाको कारण लागुऔषध कारोबार र सेवन गर्नेको संख्या बढेको देखिन्छ।

सीमा पारीबाट लागुपदार्थ ल्याएर कारोबार र सेवन गर्ने र गराउने प्रवृत्तिका कारण तराई–मधेशमा लागुऔषध प्रयोगकर्ताको संख्या अप्रत्याशित रुपले बढदै सडक दुर्घटना, चोरी, लुटपाट, घरेलु हिंसा, बलात्कार, अपहरण जस्ता घटना पनि दिनानुदिन बढदैगैरहेको छ। बढिरहेको लागुऔषध ओसारपसार, बेचबिखन र दुर्व्यसन नियन्त्रण गर्न गम्भीरतापूर्वक सम्बन्धित सबै पक्ष मिलेर नलागेसम्म सम्भव हुँदैन ‘यसका लागि सबै तहका सरकारदेखि संघ–संस्था र समाजसम्म लागेर अभियान नै चलाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: २०२३-०३-१२ , समय : १७:५८:०४ , १ वर्ष अगाडि

error: Content is protected !!