०८ बैशाख २०८१, शनिबार
2024-04-20

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति निर्वाचनमा मतदान गरे

Aarya News

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।

नयाँ बानेश्वरको ल्होत्से हल मतदान केन्द्र पुगेर प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन्। यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।

दिउँसो १२ बजेसम्म ६१० मत खसेको छ। जसमध्ये संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको हो। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।

बिहान १० बजेदेखि मतदान जारी छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ ६ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १२:५१:१९ , १ वर्ष अगाडि

error: Content is protected !!