आइतबार देशभर आंशिकदेखि सामान्य मौसम बदलीने

Aarya News Desk

काठमाडौं। आइतबार देशभर आंशिकदेखि सामान्य मौसम बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरूका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंमा शनिबार अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ। प्रि-मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा तीन मिलिमिटर वर्षा मापन गरिएको छ।

 

प्रकाशित मिति: २०२३-०३-१८ , समय : २२:३६:५५ , ९ महिना अगाडि

error: Content is protected !!