२६ बैशाख २०८१, बुधबार
2024-05-08

समाजका राम्रा कामहरुलाई अनुसरण गरि अगाडी बढ्छु: अभिषेक गिरी

Aarya News Desk

विराटनगर । समाजका राम्रा कामहरुलाई अनुसरण गरी आगामी दिनमा आफु अगाडि बढ्ने अभिषेक गिरीले बताएका छन् । आफन्त तथा शुभचिन्तहरुसँगको भेटघाट कार्यक्रममा गिरीले सो कुरा बताएका हुन् ।

मोरङ कारागारका चौकिदारमा रुपमा रहेका गिरी आज कैद मुक्त भएका छन् । उनलाइ मोरङ कारागारका कैदिबन्दिहरुले विदाइ कार्यक्रमको आयोजना गरेर मोरङ कारागारबाट विदाइ गरेका थिए ।कारागारको ९ बर्षीय बसाइबाट आफुले जिवन बुझेको र आगामी दिनमा आफु समाजसेवामा लाग्ने गिरिले बताएका हुन । हिजोका दिनमा जानी नजानी कारागार बस्नु परेको र सजाय पुरा गरि देशको आम नागरिक बनिसकेकाले भोलीका दिनहरुमा विराटनगरवासीको साथ र सहयोग आफुले पाउनेमा ढुक्क समेत भएको उनले बताए ।

काठमाडौबाट सरुवा भएर विराटनगर कारागार आएदेखी गिरी कारागार सुधार अभियानमा रहेका थिए । उनले कैदिबन्दिहरुलाइ सरकारले दिदै आएको भत्ता बढाउनुपर्छ, कैदिबन्दिहरुलाइ वृध्द भत्ता दिनुपर्छ, कारागारमा भएका बालबालिकाहरुलाइ राज्यले शिक्षा दिनुपर्छ भनेर आवाज उठाउँदै आइरहेका थिए । मोरङ कारागारमा आएपछी उनले खानेपानी, खेलकुद, पुस्तकालय,ब्यायमशाला निर्माणका साथै सम्पुर्ण केदिबन्दिहरुलाइ रोजगारि दिनका लागी गार्मेन्ट र कारखाना संचालनमा ल्याएका थिए ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : २१:३४:३८ , १ वर्ष अगाडि

error: Content is protected !!