१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

महानगर नक्सा शाखामा बिचोलियाको दवदवा, शाखाबाट नक्सा हरायो

Aarya News

विराटनगर। विराटनगर महानगर पालिकाले सेवा ग्राहीलाई दिईने सेवा प्रभाव कारी हुन सकेको छैन।

सो विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङको टोलिले आइतबार महानगर पालिका अनुगमन गरेको छ। महानगर पालिकाको नक्सा शाखामा कागज हरायो भनेर सेवा ग्राहीलाई जवाफ दिने कन्सल्टेन्सी मार्फत काम धमाधम हुने पटक पटक रकम तिर्दा पनि काम नभएको गुनासो कार्यालयलाई प्राप्त भएकोमा नक्सा शाखाका प्रमुख राकेश ठाकुर नक्सा शाखाका कर्मचारी नक्सा बनाउने कन्सल्टेन्सी संग उक्त टोलिले सोध पुछ गरेको थियो।

कन्सल्टेन्सी संग सेवा ग्राही संग कति रकम लिन्छौं नक्सा शाखामा कति रकम बुझाउछौँ नक्सा शाखाका कर्मचारीले तयार गरेको नक्सामा सहि गरेबापत कति रकम लिन्छौं भनेर प्रश्न गरेको कुरा टोलि निकट एक उच्च सुत्रले बताएको छ। महानगर पालिकाका कर्मचारी संग सोध्दा विगतमा नक्सा शाखामा चलखेल हुने गरेको बिचोलियाको दवदबा रहेको तर अहिले सुधार हुँदै गएको कुराको जानकारी जिल्ला प्रशासन कार्यालय मोरङबाट खटिएका टोलिलाई गराईएको थियो।

महागर पालिका नक्सा शाखा प्रमुख राकेश ठाकुर संग नक्सा शाखाबाट हुने गएको कामको विवरण लाग्ने दस्तु ,नक्सा व्यवस्थित छ छैन लगापताको जवाफ लिखित रुपमा जवाफ पठाउने निर्देशन दिएको छ। महानगर पालिका नक्सा शाखा जवाफ पछि थप छानबिन गरि आख्तियरमा पठाउने वा नपठाउने कारवाहीको लागि त्यसपछी निर्णय गर्ने कुरा टोलीले जानकारी गराइएको छ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : १२:०८:०१ , १ वर्ष अगाडि

error: Content is protected !!