१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

राम कथा प्रवचन तथा महायज्ञको तयारी हुदै

सुरेन्द्र कुशवाहा

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी भइरहेको छ ।

पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा तयारी भइरहेकोे हो।

नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब्र रूपमा भइरहेको आयोजक समितिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिएका हुन।

प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुन कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन कार्यक्रमको सम्पुर्ण तयारी भइ रहेको अध्यक्ष मेहताले बताउनु भयो।

कार्यक्रमा आउने समपुर्ण भक्तजनहरुको लागि बस्नका लागि टेन्ड हाउस पण्डाल ,खाना ,पिउने शुद्ध पानी ,दिसापिसाब गर्नका लागि आवश्यक सोचालय र रमाइलो मेलाको इत्यादिको व्यवस्थापनको तिब्र रूपमा भइरहेको आयोजक समितिका सचिव दीपेन्द्र मेहताले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : १२:४८:४३ , १ वर्ष अगाडि

error: Content is protected !!