१२ बैशाख २०८१, बुधबार
2024-04-24

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Aarya News

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ माइक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भइ फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : १५:१८:२९ , १ वर्ष अगाडि

error: Content is protected !!