१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

आजको वैदिक शास्त्र, पञ्चाङ्ग र राशिफल; चैत्र ८ गते बुधबार यी राशिफलको भाग चम्किने छ

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । चैत ८ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ ।

बुधबार दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ । बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ । बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत ८ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन- बुधबार ।।। नक्षत्र- उत्तरभाद्रपदा १६:५८ बजेसम्म, त्यस उप्रान्त रेवती ।।। तिथि – प्रतिपदा २१:५४ बजेसम्म, त्यस उप्रान्त द्वितिय ।।। करण किंस्तुघ्न १०:४२ बजेसम्म, त्यस उप्रान्त वव २१:५४ बजेसम्म, त्यस उप्रान्त तैतिल ।।। योग – शुक्ल १०:३४ बजेसम्म, त्यस उप्रान्त ब्रह्म ।।। चैत ८, २०७१, बुधबार ।।। २२ मार्च, सन् २०२३ ।।। प्रतिपदा, चैत्र शुक्लपक्ष III चौलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:०८ ।। । सूर्यास्त – १८:१५ ।।। शुभ साइत :- कुनै मुहूर्त तथा साइत छैन-

मेष–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

वृष– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।

मिथुन–आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।

कर्कट–गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।

सिंह–दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या–परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।

तुला–लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

वृश्चिक– पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन
छ ।

धनु– लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर–प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

कुम्भ–समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला । खर्च बढने, गलत विचार बढने विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।

मीन–शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : २१:५५:०७ , १ वर्ष अगाडि

error: Content is protected !!