१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटे

Aarya News

काठमाडौं। सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ।

तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : १२:४४:५५ , १ वर्ष अगाडि

error: Content is protected !!