०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

व्याज बढी पाउने लोभमा सम्पत्ति दाउमा ; सहकारी बन्द हुने अवस्थामा

राजीव कुशवाहा

विराटनगर। मोरङ जिल्लामा संचालित आधिकांश सहकारीहरु बन्द हुने अवस्थामा पुगेका छन्। बढी व्याज दिने प्रलोभन देखाउदै परिवारहरु नै मिलेर संचालनमा ल्याएका सहकारीहरुमा क्रमश बन्द हुँदै गएका हुन।

सहकारीहरुले आ-आफना सेयर सदस्यबाट मात्र निछेप रकम संकलन गरि उनीहरु माथि लगानी लगाउनु पर्नेमा अन्यलाई समेत लगानी गरेको कारण सहकारी नाजुक अवस्थामा पुगेको हो। सरकारी बैंक एवं वितिय बैंकहरुले आफ्ना वचत कर्तालाई बढीमा ८ प्रतिशत दिने गरेका छन्। भने केहि सहकारीले १४ प्रतिशत सम्म व्याज दिने घोषणा गर्दै आफ्नो सहकारीमा रकम जम्म अगरना प्रेरित गरेका थिए।

सिमित परिवारको घेरा भित्र राखेर खोलिएका केहि सहकारीहरुले बैंक सरह चेक बुक बनाई चेक मार्फत रकम भुक्तानी गर्ने गरेका छन्। जुन कुरा नियम स्वागत छैन। जसले सहकारी खोलेको छ उसले नियम बनाउने गरेको र सहकारीलाई नेपाल राष्ट्र बैंकले अनुगमन गर्न नसक्ने हुँदा सहकारीको अवस्था नाजुक बन्दै गएको छ।

यहाँ बढी व्याज पाउने लोभमा आफ्नो जग्गा अन्य बैंकमा राखेर रकम निकालेर सहकारीमा सम्पूर्ण रकम समेत राखेको पाइएको छ।

तुलसी सहकारी संस्था जस्तै धरणी सहकारी र नयाँ जीवन बचत तथा सहकारी संस्थाको अवस्था पनि नाजुक बनेको छ। यहाँ केहि सहकारीले धेरै रकम जग्गा गरिवापत संचालक समितिका सदस्य बनाउने काम भएको हुँदा संचालक समितिका सदस्य बन्ने लोभमा आफ्नो रकमलाई दाउमा समेत राखेका छन्।

लोभ परेर आफ्नो सम्पति सहकारीमा राखेर पछि पछुताउने र सहकारीले वर्वाद गर्यो भनेर भन्न गरेका छन्। केहि सहकारीले वोडमा उल्लेख गरिएको फोन नम्बरमा सम्पर्क गर्दा फोन लाग्दैन नम्बर परिवर्तन भएपछी परिवर्तन भएका नम्बर समेत उल्लेख गरिएका छन्।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : १९:४३:४९ , १ वर्ष अगाडि

error: Content is protected !!