१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

Aarya News

विराटनगर। कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट, बिराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागुऔषध ब्राउनसगुर बरामद भएको थियो ।

यसैगरी धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका-७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर-१५ बाट १.५० ग्राम लागुऔषध ब्राउनसगुर सहित सोही टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कोठा भाडामा लिई लागुऔषध बेचबिखन भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागोलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

फागोको साथबाट प्रहरीले २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेनलाई ४ ग्राम ब्राउनसुगर सहित मेचीपुलबाट बुधवार पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १२:५०:५१ , १ वर्ष अगाडि

error: Content is protected !!