०८ बैशाख २०८१, शनिबार
2024-04-20

जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु

Aarya News

सर्लाही। सर्लाहीको बलरामा जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५ कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

महतो राति पिसाब फेर्न छिमेकीको मकैबारी जाने क्रममा बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगली जनावरले बाली नष्ट पार्न थालेपछि सर्लाहीका किसानले बाली जोगाउन विद्युतीय पासो तथा जालीको प्रयोग गर्दै आएका छन् । तर बाली जोगाउन खेतबारीमा करेन्ट प्रवाह हुँदा बर्सेनि मानिसको मृत्यु हुँदै आएको छ । पछिल्लो समय वन जंगल संरक्षण हुन नसक्दा जंगली जनावरहरु किसानको खेतबारीमा पस्ने गरेका छन् । वनमा बर्सेनि लाग्ने डढेलोले पनि जनावरहरु किसानको खेतबारीमा पसिरहेका छन् ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १३:२५:०५ , १ वर्ष अगाडि

error: Content is protected !!