०८ बैशाख २०८१, शनिबार
2024-04-20

प्रमुख प्रशासकीय अधिकृत मेहतालाई गरिएको अभद्र व्यवहारप्रति माफी मागे ( अनुरोध पत्र सहित)

Aarya News Desk

देवानगञ्ज। बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको अभद्र व्यवहार प्रति युवाहरुले क्षमा मागेका छन् । चैत्र ५ गते अधिकृतको कार्यकक्षमा भएको घटना प्रति आज भएको छलफलमा अनुरोध पत्र सहित दिपक रायले क्षमा मागेका हुन् ।

क्षमा पत्रमा आवर विराटनगरमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको समेत प्रष्ट पारेका छन् । सरोकारवालासँगको छलफलपछि दिपक रायले हस्ताक्षर गरेका छन् । कार्यव्यवस्तताका कारण पालिकाबाट बाहिर गएका विवेकान्द यादव र महेश यादवले इलाका  प्रहरी कार्यालय सितागंजमा  गएर सो पत्रमा हस्ताक्षर गर्ने फोन मार्फत जानकारी गराएका थिए ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : २१:११:५८ , १ वर्ष अगाडि

error: Content is protected !!