१५ बैशाख २०८१, शनिबार
2024-04-27

शिक्षा विकास तथा समन्वय इकाइ,सर्लाहीले एसइइ परीक्षाको तयारी पारे तिब्र

राधेश्याम कुशवाहा

सर्लाही। शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी तिब्र पारेको छ ।

आउदो चैत १७ गतेदेखि सुरु हुने एसइइ परीक्षा सञ्चालनका लागि धमाधम तयारीको काम अघि बढेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।

परीक्षामा सहभागी हुन जिल्लाभर १० हजार ९१६ जना विद्यार्थीले फारम भरेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसइइ दिन लागेका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।

कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइइ सञ्चालनका लागि जिल्लाभर ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।

एसइइमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । प्राय ः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए ।

गत वर्षको एसइइ मा ३७ वटा परिक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र निजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।

सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागित रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।

एसइइ सञ्चालनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ ।

प्रदेशको अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : १६:१८:३४ , १ वर्ष अगाडि

error: Content is protected !!