१३ बैशाख २०८१, बिहिबार
2024-04-25

आजको पञ्चाङ्ग र राशिफल : वि.सं. २०७९ चैत्र ११ गते शनिबार : यी राशिहरूकाे चम्किनेछ भाग्य

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । चैत ११ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ ।

शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ । शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ । शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत ११ गतेको पञ्चाङ्ग र राशिफल :- III दिन शनिबार ।।। नक्षत्र भरणी १६:०८ बजेसम्म, त्यस उप्रान्त कृत्तिका ।।। तिथि – – चतुर्थी १९:१६ बजेसम्म, त्यस उप्रान्त पञ्चमी ।। करण वणिज ०७:२५ बजेसम्म, त्यस उप्रान्त भद्रा १९:१६ बजेसम्म, त्यस – उप्रान्त कौलव ।।। योग – विष्कम्भ ०३:०७ बजेसम्म, त्यस उप्रान्त प्रीति ।।। चैत ११, २०७१, शनिबार ।।। २५ मार्च, सन् २०२२ ।।। चतुर्थी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:०५ ।।। सूर्यास्त – १८:१७ ।।। शुभ साइत :- कुनै शुभ साइत, मुहूर्त छैन-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ।स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ।पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला।बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ गोपनीयतामा ध्यान दिनुहोला।सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्तजनको सहयोगले विशेष फाइदा होला, नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्न तुल्याउन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ। व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ।इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात समेत हुनेछ ।काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ ।हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : २०:३३:४९ , १ वर्ष अगाडि

error: Content is protected !!