०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

नेपालका झण्डै १८ लाख परिवारसँग छैन कुनै पनि मोबाइल फोन

Aarya News

काठमाडौं । नेपालको कूल घरपरिवारमध्ये १७ लाख ८४ हजार २८० परिवार मोबाइलफोनको पहुँचभन्दा बाहिर भएको पाइएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क बाहिर आएको हो ।

देशका कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४८ लाख ७६ हजार ५६१ परिवार मोबाइल फोनको पहुँचमा छन् । तथ्याङ्क अनुसार मोबाइल फोन वा स्मार्टफोन दुवै नहुने परिवारको सङ्ख्या १७ लाख ८४ हजार २८० रहेको छ ।

सो तथ्याङ्क अनुसार कूल ७३.२ प्रतिशत मानिसहरू कुनै न कुनै फोनको पहुँचमा छन् । बाँकी २६.८ प्रतिशत जनसङ्ख्यासँग मोबाइलफोन नै नरहेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : ०९:५०:१५ , १ वर्ष अगाडि

error: Content is protected !!