१३ बैशाख २०८१, बिहिबार
2024-04-25

विकल्प बिनाको पार्किङ्ग निषेध निर्णय

Aarya News

विराटनगर। विराटनगर महानगर पालिकाले सडक छेउमा पार्किङ्ग गर्न निषेध निर्णय गरे पनि उक्त निर्णय अव्यवहारिक भएको भने सर्व साधारणले अवज्ञा गर्न थालेका छन्।

महानगर पालिकाको यस प्रकारको निर्णय विरुद्ध व्यापारीहरुले पार्किङ्ग निषेध गर्न पाइदैन भन्दै नारा जुलुस निकाले पछि विराटनगरवासीले व्यापारीको मांगलाई समर्थन गर्दै सडक छेउमा एक तर्फ आ आफ्नो सवारी साधनहरु राख्न थालेका छन्। विराटनगर महानगर पालिकाका प्रमुख नगरेश कोइरालाले पार्किङ्ग निषेधको निर्णयलाई पुरा गर्ने कुरा समाचार मध्यम मार्फत जानकारी गराए पनि उक्त जानकारी एवं अपिललाई विराटनगरवासीले अवज्ञा गरेका छन्।

पार्किङ्ग निषेधको अवज्ञा पछि विराटनगरमा चहल पहल सुरु भएको छ। नेपाल सुन चण्डी व्यवसायी महासंघ मोरङका अध्यक्ष ससि साहले विकल्प बिना महानगर पालिकाले पार्किङ्ग निषेधको कुरा ल्याउनु उपयुक्त छैन। एक तर्फ पार्किङ्ग आवश्यक छ यसले बजार किनमेल गर्न आउने ग्राहकहरुलाई सजिलो हुन्छा। यसो पार्किङ्ग निषेधबाट महानगरवासीलाई पनि समस्या पर्छ साहले भन्नुभयो।

हामीले सरकारलाई कर तिरिरहेका छौं। एक तर्फ पार्किङ्ग व्यवथा गरेर व्यापारीलाई मात्र होइन सेवा ग्राहीलाई पनि पालिकाले बनाउनु पर्ने कुरा सगरमाथा फेन्सी पसलका संचालक अमर कटुवालले बताउनु भयो। महानगर पालिकाले पार्किङ्ग निषेध गरेर सेवा ग्राहीहरुलाई ठुलो महल र कमप्लेसमा जाउ भनेर दवाब दिएको विराट शु सेन्टरका छोटे खानले बताउनुभयो।

विकल्प बिना गर्ने निर्णयहरु कार्यव्यन गर्न सहज नहुने तर्क स्थानीयवासिन्दाहरुको रहेकका छन्।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १५:४५:४६ , १ वर्ष अगाडि

error: Content is protected !!