०८ बैशाख २०८१, शनिबार
2024-04-20

देवानगन्ज गाउँपालिकामा काँग्रेसलाई जसपाले पछि पार्दै अग्रता लिए

आर्य न्युज

देवानगन्ज । देवानगन्ज गाउँपालिकामाको मतपरिणाममा परिवर्तन आएको छ। नेपाली काँग्रेसलाई जसपाले पछि पार्दै अग्रता लिएको छ। गत ३० गते शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि सुरु भएको थियो । मतगणना सुरु भए संगै नेपाली काङ्ग्रेस अग्रता लिएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको अनुसार जसपाले अग्रता लिएको हो ।
कुल १०७७७ मतगणना हुँदा देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता ३८४४, जसपाका वेचन मेहता ३८९२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव ३६४५, जसपाका आशमनीकुमारी यादव ३२४९ मत प्राप्त गरेका छन्। मतगणना जारी छ ,थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ००:५८:१५ , २ वर्ष अगाडि

error: Content is protected !!