१५ बैशाख २०८१, शनिबार
2024-04-27

अमेरिकाको टेक्सासमा डेरी फार्ममा विष्फोट, १८ हजार गाईको मृत्यु

Aarya News Desk

वासिङटन डिसी। अमेरिकाको टेक्सास राज्यको पश्चिमी क्षेत्रमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाईको मृत्यु भएको छ ।

यो अमेरिकाको फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ । यस हप्ताको सुरुमा डिमिट सहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। विष्फोटमा एकजना घाइते भएको पनि बताइएको छ ।

डेरी फार्मको मेसिनरीबाट निस्केको मिथेन ग्यासले आगलागी भएको हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले विस्फोटको तस्बिरहरू साझा गरेको छ, जसमा फार्मबाट धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ।

आगलागी र धुवाँमा निसास्सिएर कति गाईको मृत्यु भयो भन्ने यकिन संख्या थाहा नभएको तर १८ हजार गाईवस्तु बेपत्ता रहेको बीबीसी समाचारमा उल्लेख छ ।

 

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १३:१२:१६ , १ वर्ष अगाडि

error: Content is protected !!