१५ चैत्र २०८०, बिहिबार
2024-03-28

कुशवाहा समाजले बृद्वआमाबुबालाई एकदिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरी नयाँ बर्ष मनाए

राधेश्याम कुशवाहा

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वार्ड न. २ जुटपानीमा रहेका पद्म भुनेश्वरी नमुना बृद्वसेवाश्रमका साहाराविहिन बृद्वआमाबुबाहरुलाई एक दिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरि नयाँ बर्ष मनाइएको छ ।

नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सर्लाहीको आयोजनामा एक दिनको मिष्ठान भोजन र मोडेल अस्पताल, लालबन्दीका डा. आलोक कुशवाहाको टिमद्वारा स्वास्थ शिविर संचालन गरिएको कुशवाहा विद्यार्थी कल्याण समाज, सर्लाहीका अध्यक्ष भरत महतोले जानकारी दिए ।

समाजले जिल्लाका विभिन्न समाजिक कार्यहरु लगायत स्थानिय स्तरमा भाईचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताए ।
गएको चैत्र २५ गते नेपाल कुशवाहा कल्याण समाजको छैठो जिल्ला अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत संचालन गरेका थिए । सो कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए, उहाँले भने । जुन संख्याका आधारमा अहिले सम्म कुनै पनि समाजले गरेको भन्दा धेरै रहेका छन । यस्ता कार्यक्रमलाई अगामी दिनहरुमा समेत निरन्तरता समेत दिने उहाँले प्रतिबद्वतता समेत व्यक्त गरे ।

नयाँ बर्षका दिन आमाबुबाहरुलाई मिष्ठान भोजन सहितको स्वास्थ शिविर संचालन गरेकोमा समाजका परिवारलाई धेरै धेरै धन्यावाद दिन चाहेको पद्य भुनेश्वरी नमुना बृद्वसेवाश्रमका संचालिका भवानी कोईरालाले बताईन । उहाँहरुले नयाँ बर्षका दिन व्यस्त समयका बावजुद पनि समय दिनुभयो । उहाँले भनिन । नयाँ बर्षका दिन व्यक्तिगत आनन्दका लागि पिकनिक जाने बेलामा कुशवाहा समाजले समय दिएर सम्पूर्ण आमा बुबाहरुको ओठमा मुस्कान ल्याईदिनु भयो । स्वास्थ परीक्षण गरी मिठोमिठो खाना दिनुभयो । यसका लागि आश्रम परिवार उहाँहरुप्रति हार्दिक अभार तथा कृतज्ञता व्यक्त गर्दछन उहाँले भनिन ।

कार्यक्रममा आउनुभएका माननिय जवाहर कुशवाहा र फकिरा महतोले संस्थापक अध्यक्ष लगायत आश्रम परिवारलाई गरेको सम्मानले हामीहरुको आत्मबल थप बढेको छ । उहाँहरुको अगामी दिनहरुमा समेत साथ र सहयोग रहने छ भनि विश्वास लिएको उहाँले बताईन ।

कार्यक्रममा आएका प्रदेश सांसद जवाहर कुशवाहा, फकिरा महतोले बृद्वआश्रमका संस्थापक अध्यक्ष वासुशरण कोइरालाज्यू, उहाँका धर्मपत्नी मन्जु कोईराला तथा उहाँको छोरी समाजसेवी भवानी कोइरालालाई समाजको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरेका थिए भने उहाँहरुले आश्रमलाई सके जति सहयोग प्रतिबद्वतता समेत व्यक्त गरेका थिए ।

समाजको आयोजनामा नयाँ बर्षका दिनका बिहान, बेलुकाको खाना र नास्ताको व्यवस्था गरिएको थियो, भने आश्रममा रहेका ५५ जना बुद्वआमा बुबाहरुको स्वास्थ परीक्षण समेत गरिएको थियो ।

नयाँ वर्ष, २०८० को पावन अवसरमा नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति, सर्लाहीको आयोजनामा गरेको मिष्ठान भोजन र स्वास्थ शिविर कार्यक्रममा प्रदेश सांसद फकिरा महतो, जवाहर कुशवाहा, समाजका निवर्तमान अध्यक्ष लक्षमण महतो, समाजका केन्द्रिय सदस्य रामचन्द्र सिंह कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाइ,सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा, विद्यार्थी समाजका अध्यक्ष भरत महतो, बिरबहादुर महतो, भरतलाल महतो, लखिन्द्र महतो लगायत मनकारी व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : १९:४१:४३ , १२ महिना अगाडि

error: Content is protected !!