१२ बैशाख २०८१, बुधबार
2024-04-24

सप्तरीमा विष सेवनबाट एकको मृत्यु

Aarya News

सप्तरी। सप्तरीको राजगढ गाउँपालिका ६ इनर्वा टोलका ३२ वर्षिय मो. इजरायलको वि ष सेवनबाट ज्या न गएको छ ।

विष सेवनबाट गम्भिर बिरामी परेका उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएकोमा अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले आवश्यक स्वास्थ्य परिक्षण पश्चात् उनलाई मृ त घोषित गरे ।

जिल्लामा दैनिकजसो आत्मह त्याको घटना हुन थालेपछि सरोकारवाला चिन्तित भएका छन् । आत्मह त्या गर्नेमा हरेक उमेर समूहका रहेपनि बढी युवा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी नरेशकुमार सिंह भनछन्, अभिभावकले घरको माहोल सहज बनाउनुका साथै आफ्ना सन्तान कता छन्, के गर्दैछन भनेर पर्याप्त ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।

गरिबी, बेरोजगारी, प्रेम सम्बन्ध, शिक्षामा असफलता तथा ऋणको बोझ लगायतका कारणले पनि आत्मह त्याका घटना बढेको तर्क दिँदै यसतर्फ बेलैमा ध्यान दिनु पर्ने कर्मचारीहरुको आधिकारी टे«ड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले आवश्यकता औल्याए ।

देशमा देखिएको आर्थिक मन्दी र त्यसले सृजित गरिएको मंहगी, बेरोजगारी, ऋणको बढ्दो भार लगायतको असर सोझै गरि खाने वर्गको मनोविज्ञानमा परेको उनी बताउँछन् । त्यसलाई समहाल्न नसक्दा कोहीले आत्महत्याकै बाटो रोज्न थालेको उनको भनाई छ ।

आत्मह त्याको प्रयास गर्ने प्रबृतीलाई रोक्न राज्यसँगै परिवारका जिम्मेवार सदस्यले आ–आफ्ना स्थरबाट गम्भिर पहल गर्नु पर्ने आवश्यकता देखिएको अधिकांशको सुझाव छ । 

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १६:१८:२८ , १ वर्ष अगाडि

error: Content is protected !!