१५ चैत्र २०८०, बिहिबार
2024-03-28

नियम विपरीत रकम असुली गर्दै ट्राफिक प्रहरी हवल्दार लामिछाने

Aarya News

उदयपुर । उदयपुर बेल्टार ट्राफिक प्रहरी बिटका हवल्दार शखर लामिछाने नियम विपरित रकम अशुल्दै आइरहेका छन् । हवल्दार लामिछानेले कारवाहिको बाहानामा विभिन्न सवारि चालहरुबाट रकम माग्ने गरेका छन् ।

उदयपुर बेल्टार ट्राफिक प्रहरी बिटका हवल्दार शखर लामिछानेले सवारि साधनका चालकबाट रकम माग्छन, रकम नदिएपछि विभिन्न बाहानामा रसिद कटाउने गरेका छन् । उदयपुर रामपुर निवासी प्रज्वल शाहको प्र.१ ००२ ००२ च ५४७९ <span;>नम्बरको बेल्टारबाट रामपुर आउँदै गरेको मारुती भ्यानका चालकसंग लामिछानेले रकम माग्छन, रकम नदिएपछि लामिछानेले बिलबुक , लाइसेन्स माग्छन्, सवारि साधनको सबैकुरा ठिक देखेपछि लामिछानेले जुत्ता नलगाएको भनि रु ५ सयको जरिवाना काट्छन ।

लामिछानेले विभिन्न सवारि साधनहरुबाट रकम असुली गर्ने गरेका छन् । सावारि साधन चालकहरुलाई अनावश्यक दुख दिने गरेको गुनासो स्थानियहरुले गरेका छन् । सवारि चालक सविन शााहका अनुसार सबै कुरा ठिक हुँदाहँदै पनि लामिछानेले अनावश्यक दुख दिने र रकम माग्ने गरेका र रकम नदिए सावारि साधन लामो समय नियन्त्रणमा लिने गरेको बताउँछन ।

उदयपुरमा मात्र नभएर कोशी प्रदेशका विभिन्न बिटहरुमा कार्यरत ट्राफिक प्रहरीले सवारि साधनहरुबाट रकम अशुल्ने गरेका छन् । उता रामपुर ट्राफिक प्रहरी बिटका मनोज थापाले समेत रकम अशुल्ने गरेको र सबैकुरा ठिक हुँदाहुदै पनी दुख दिने गरेको गुनासो स्थानियहरुले गर्ने गरेका छन् । अबैध रकम असुली गरि आफु भन्दा माथिल्लो निकायलाइ रुझाउने गरेका कारण पावर र पहँुच हुने ट्राफिक प्रहरिहरु लामो समय एकै स्थानमा बसिरहने गरेका छन् ।राष्ट्रिय डेली

प्रकाशित मिति: २०२३-०४-१८ , समय : २१:२२:०४ , ११ महिना अगाडि

error: Content is protected !!