०८ बैशाख २०८१, शनिबार
2024-04-20

शान्तिवन एक्स्पोको सम्पूर्ण तयारी पुरा

Aarya News

विराटनगर, । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर अर्थात शान्तिवनमा बैशाख ६ गते बुधवार देखि ९ गते शनिवार सम्म शान्तिवन एक्स्पो अर्थात विज्ञान, कृषि तथा औद्योगिक प्रदर्शनि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

उक्त कुरा आयोजकले शान्तिवनमा पत्रकार सम्मेलन गरी विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोका संयोजक टेकेन्द्र श्रेष्ठले जानकारी गराए।

नेपालकै इतिहासमा पहिलो पटक सातवटै प्रदेश अर्थात ७७ वटै जिल्लाको सहभागीतामा विज्ञान शिक्षक समाज नेपाल र एभरेष्ट साइन्स सेन्टर नेपालको संयुक्त आयोजनामा हुने प्रदर्शनी मेलामा १५० वटा प्रदर्शनी स्टलहरु रहने सेन्टरका निर्देशक डा. दिलीप अधिकारीले वताए ।

विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोमा प्रतियोगितात्म विज्ञान प्रदर्शनी, निःशुल्क योग शिविर, निःशुल्क स्वास्थ्य शिविर, कन्फ्रेन्समा अन्तराष्ट्रिय र राष्टिङय वैज्ञानिकहरुको प्रस्तुती, प्रत्येक दिन साँझमा साँस्कृतिक कार्यक्रम, ग्रहहरु तथा ताराहरुको दुरवीन द्धारा अवलोकन र खानाका विभिन्न परिकारहर मेला उपलब्ध हुने छ ।

एभरेष्ट साइन्स सेन्टर अध्ययन अवलोकनसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । शान्ति वनमा अध्ययन गर्ने विद्यार्थीदेखि देशभरका विभिन्न जिल्लाबाट पर्यटक समेत आउने गरेका छन् । उक्त मेलाले आन्तरीक तथा बाह्य पर्यटन प्रबद्धर्नका लागी सुनसरीको एभरेष्ट साईन्स सेन्टर तथा पिक्नीक स्पोर्टसलाई थप विकसीत गर्न प्रभावकारी हुने आयोजकले वताए ।


करिब २२ वर्षअघि निजी क्षेत्रको लगानीमा एभरेष्ट साइन्स सेन्टर स्थापना भएको थियो । २५ बिगा क्षेत्रफलमा रहेको यो सेन्टरको प्रवेशद्धारले नै आकर्षित गरेको छ ।

विज्ञान भवनमा फिजिक्स, सरल विज्ञान, अपटिक्स, बायोलोजी सम्बन्धी कक्षहरु तल्लो तलामा छन् भने माथिल्लो तलामा डाइनोसरको अवशेष, अन्तरिक्षमा पुगेको नेपालको झण्डा, चन्द्रमाको चट्टानको नमुना समेत छ ।

एभरेष्ट साइन्स सेन्टर स्थापना काल देखि विभिन्न गतिविधीहरु द्रतगति भईरहेका थियो । द्धन्द्धकाल र कोरोना कालले गर्दा सेन्टरको गतिविधीमा केही शिथीलता आएको महशुस गरी पुन पुरानै साख फर्काउन विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोका कोषेढुगा सावित हुने आयोजकले विश्वास लिएको छ ।

७७ जिल्लावाट करीव १ हजार विद्याथीहरुको सहभागीता रहनेछ । मेलामा प्रवेश शुल्क वाटत १ सय रुपिया लिने भएको छ । १ सय रुपियाको टिकट काटी मेलामा प्रवेश गरेपछि साईन्स सम्वन्धी गतिविधी र औद्योगिक कृषि प्रदर्शनी मेलाको प्रत्यक्ष आवलोक गर्न पाईन्छ । साथै मेलामा विविन्न प्रकारको खानाको समेत स्वाद लिन पाउने छन् ।

घुम्न, विज्ञान सम्बन्धी जानकारी लिन अनि प्राकृतिक रमाइलोमा रमाउनका लागि शिक्षक र विद्यार्थीहरुको लागि उपलब्धी मुलक भएकोले मेलामा सपरिवार सहभागी हुन आयोजकले हार्दिक अपिल समेत गरका छन् ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : ०७:२७:५५ , १ वर्ष अगाडि

error: Content is protected !!