१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

देवानगञ्ज प्रहरीको दादागिरी महिना वारी नदिँदा समान नियन्त्रणमा

Aarya News

देवानगञ्ज । इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले महिना वारी रकम नदिएको भन्दै व्यापारीको गोदाम अगाडी लोड गरिएको गहु र गाडीलाई नियन्त्रणमा लिएको छ।

देवानगञ्ज २ स्थित माँ काली जिन्सी खरिद बिक्री केन्द्रबाट गहु र लोड गरिएको प्रदेश नम्बर १ -०४ -००१ त ७१५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।

उक्त केन्द्रका सञ्चालक भागवत मेहताका अनुसार सोमवार बिहान ९.४५ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जको सुशील साहले फोन गरी रकम मागेको र आफुले दिन न माने पछि सोही दिन बेलु‌का गहु लोड गरि राखीएको गाडी नियन्त्रणमा लिएको बताएका छन।
निज शाह पटक पटक आएर आफु संग रकम मांग्दै गरेको बताएका छन् ।

यस विषयमा इलाका प्रहरी कार्यालय देवानगञ्ज  सुनसरीका प्रहरी निरिक्षक बद्री प्रसाद दाहाल संग सम्पर्क गर्दा तपाईले जे सुन्नु भयो कुरा तेही हो भन्नुहुँदै सुराकीको आधारमा उक्त स्थानबाट अन्त्य लान खोज्दा गाडी र समान नियन्त्रण मा लिएको हो भन्नुभयो । नियन्त्रण मा लिएको समान र गाडी भन्सार कार्यालय कोशी व्यारेज बुझाएको दाहालले बताउनुभयो।

हामीले सुराकीको आधारमा समान बुझाएका छौ निज मेहताले आफु खरिद गरेको कागज सहित गएमा भन्सार कार्यालयले समान छोड दिन सक्छ दाहालको तर्क थियो।

गोलामा किसनले गहु बेच्दा किसानले बेचेको समानको बिल दिन सक्दैन गोलामा आएको गहु भारतीय भएको दाबी प्रहरी निरीक्षक दाहालले गरे पनि उक्त गहु भारतीय रहेको पुष्टि भने हुन सक्दैन। लगभग १ महिना देखि सिमा क्षेत्रमा सुनसरीको सुरक्षा निकायको निगरानीले गर्दा उक्त क्षेत्रबाट समान ओसारपोसार हुने अवस्था देखिदैन अहिले नेपालमा गहु भित्राउने काम भइरहेको छ।

किसानहरुले आफुलाई चाहिने गहु राखेर नजिक भएको गोलमा गहुँ बेच्ने गरेका छन्। यसलाई कसैले पनि अस्विकर गर्न सक्दैन। तसर्थ यसलाई हेर्दा प्रहरीको काम गरे शंकास्पद रहेको देखिन्छ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : १२:४७:४८ , १ वर्ष अगाडि

error: Content is protected !!