सेयर बजार परिसूचक नेप्से बुधवार बढे

Aarya News

देवानगञ्ज । सेयर बजार परिसूचक नेप्से बुधवार बढेको छ । बुधबार नेप्से १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ ।

बुधबार म्युचुल फन्डबाहेक सबै समूहको सेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

बुधबार सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : १५:४३:५९ , १० महिना अगाडि

error: Content is protected !!