१३ बैशाख २०८१, बिहिबार
2024-04-25

भारतीय प्रधानमन्त्री मोदीले नेपालको इतिहास बारे के भने

आर्य न्युज

विराटनगर । नेपालको लुम्बीनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा आफुलाई राजनीतिक भन्दा पनि अध्यात्मिक अनुभूती हुने गरेको बताएका छन् ।

सोमबार २५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल भ्रमणमा आएका मोदीले सबैलाई बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

भ्रमणका क्रममा दुईपक्षीय वार्तापछि बुद्ध जयन्तीको समारोहमा बोल्दै मोदीले भने, ‘बुद्ध जयन्तीको पावन अवसरमा यस सभामा उपस्थित यहाँहरु सबैलाई, सम्पूर्ण नेपालवासीहरुलाई र विश्वका सबै श्रद्धालुजनलाई लुम्बिनीको पवित्र भूमिबाट बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना ।’

उनले नेपाल सगरमाथाको देश, दुनियाको अनेक पवित्र तिथ र  मठको देश, नेपाल दुनियाका प्राचिन सभ्यता, संस्कृति रहेको देश भएको बताए ।

यस्तै मोदीले नेपालीमै बोल्दै अघि भनेका छन्, ‘नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग एउटा छुट्टै अध्यात्मिक अनुभुति हुन्छ ।’

मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो ।

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ११:१९:२८ , २ वर्ष अगाडि

error: Content is protected !!