१३ बैशाख २०८१, बिहिबार
2024-04-25

श्रीमानको मृत्यु भएको १४ वर्षपछि महिलाले जन्माईन बच्चा

Aarya News

राजविराज। सप्तरीमा श्रीमानको मृ त्यु भएको १४ वर्षपछि महिलाले बच्चा (छोरा) जन्माएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका २ बरमझिया निवासी स्व. दुखी पण्डितकी ३१ वर्षिया श्रीमती हेमन्तीदेवीले शुक्रबार बच्चा जन्माएकी हुन् ।

स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक डा. दिलिप साह र डा. जयन्तिकुमारी यादवले पेटको शल्यक्रिया गरेर बच्चा निकालेका छन् ।

श्रीमानको मृ त्यु भएको १४ वर्षपछि शुक्रबार हेमन्तीले बच्चा जन्माएपछि स्थानिय समाज आश्चर्यमा परेका छन् । हेमन्ती र दुखीबीच २०६३ साल बैशाख ९ गते विवाह भएको थियो । पहिलो श्रीमती सुदामा सँग विवाह गरेको २ वर्षसम्म पनि सन्तान नभएपछि सुदामा कै आग्रहमा दुखीले हेमन्तीसँग दोश्रो विवाह गरेका थिए । विवाहपछि जेठो सन्तानका रुपमा छोरा जन्मेको चार महिनापछि दुखीको मृ त्यु भयो । बिरामी पर्दा २०६५ सालतिर श्रीमान दुखीको मृ त्यु भएको जेठी श्रीमती सुदामाले बताइन् ।

हेमन्ती गर्भवति भएको थाहा पाएपछि घर परिवार तथा छरछिमेकमा हल्लीखल्ली मचिएपछि सोधपुछ गर्दा उनीमाथी जर बजस्ती कर णी भएको खुलासा भएको थियो । आफूलाई छिमेकी बेचन पण्डितले जब रजस्ती कर णी गरेर गर्भवति बनाएको हेमन्तीले बताएकी छिन् । दुखी पण्डितकी जेठी श्रीमती सुदामाले पनि आफू घरमा नभएको मौका छोपी छिमेकी ५५ वर्षिय बेचन घरमा पसी हेमन्तीलाई जब रजस्ती कर णी गरेर गर्भवति बनाएको खुलासा गरेकी छिन् ।

यसबारे टोलमा वडाअध्यक्ष मेहदी हसन, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि राखी पंचायती बसाएर छलफल गराउँदा आफूले गर्भवति बनाएको कुरा बेचनले स्वीकार गरेको तत्कालिन बरमझिया गाविसका पूर्वप्रधानपञ्च छेदीलाल पण्डितले बताए । पंचायतीमा उपस्थित रहेका समाजसेवी बच्चा साहका अनुसार पीडक बेचनले छलफलमा हुने निर्णय आफूलाई स्वीकार्य हुने बताएर निस्के पनि भोली पल्टै बिहानै फ रार भएको बताए ।

गरिबीका कारण अर्काको खेतबारीमा मजदुरीले जिविकोपार्जन गर्दै आएकी सुत्केरी हेमन्तीका जेठो छोरा कृष्ण गरिबी कै कारण घर छाडी विगत ८ वर्षदेखी मावलीमा बस्दै आएका छन् ।

पीडित महिलाका तर्फबाट इलाका प्रहरी कार्यालय कंचनपुरमा बेचनबिरुद्ध जर बजस्ती कर णीको मुद्दा चलाउन माग गर्दै जाहेरी समेत परेको छ । प्रहरीले सो घटना बारे थप अनुसन्धानसँगै फ रार रहेका बेचनको खोजी कार्य भइरहेको जनाएको छ। सजिलो पोष्ट

प्रकाशित मिति: २०२३-०४-२० , समय : ०६:२४:१३ , १ वर्ष अगाडि

error: Content is protected !!