१५ बैशाख २०८१, शनिबार
2024-04-27

सेवाग्राहिले फोहर गरेको भन्दै सार्वजनिक सौचालयमा वडा अध्यक्षले लगाए ताला

राजीव कुशवाहा

देवानगञ्ज। बर्जु गाउँपालिका वडा नम्बर ५ ले निर्माण गरेको सार्वजनिक सौचालयमा ताला लगाइएको कारण उक्त सौचालय प्रयोग बिहिन भएको छ। बर्जु गाउँपालिकाको कार्यालय ,वडा नम्बर ५ वडा समिति कार्यालय बितिय बैंक र सर्व साधारण नागरिकलाई लक्षित गरि बनाइएको सार्वजनिक सौचालयमा वर्तमान वडा नम्बर ५ का वडा अध्यक्षले ताला लगाउन लागिएको कारण उक्त कार्यालयमा सेवा लिन आउने सेवा ग्राही मारमा परेका छन्।

उक्त सार्वजनिक सौचालय बिगतको जनप्रतिनिधिले आवश्कता अनुसार महसुस गरि दुइ कोठे को सार्वजनिक सौचालय बनाएका थिए। सर्व साधारण जनता एवं कार्यालय आउने सेवाग्राहीलाई लक्षित गरि बनाएको सार्वजनिक सौचालयमा किन ताला लागेको भनि बर्जु गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष अजय कुमार चौधरी संग जिज्ञाशा राख्दा सौचालय फोहोर भएको र सौचालय गर्न आउनेले सर सफाई नगरेको कारण सार्वजनिक सौचालयमा ताला लगाएको बताउनु भयो।

सार्वजनिक सौचालय भनेको सर्वसाधारणको लागि हो। सार्वजनिक सौचालयको व्यवस्थापन संचालन गर्ने काम स्थानीय निकायको हो। उक्त सौचालयमा ताला लगाए पछि स्थानीय सरकार जनता प्रति अनुतरदायी भएको महसुस स्थानीय वासिन्दाले गरेका छन्।

बर्जु गाउँपालिकालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरे ता पनि गाउँ पालिका कार्यालय र वडा कार्यालयको अगाडी मिलन चोकमा लाग्ने दैनिक हटियामा आउने किसन ,व्यापारी ,सेवा ग्राही सार्वजनिक सौचालय बन्द भएको कारण बाँस घारी खाली जग्गामा पिसाव गर्न वाध्य रहेका छन्। सार्वजनिक सौचालयमा ताला लगाएको कारण सब भन्दा बढी समस्य महिलाहरुलाई भएको बिजली देवी मण्डल ले बताउनुभयो।

बर्जु गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले सार्वजनिक सौचालयमा ताला लगाउनु भनेको गाउँपालिकाले गरेको निर्णय बिरुद्ध जानु हो। यस प्रति सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : २०:२८:२५ , १ वर्ष अगाडि

error: Content is protected !!