१२ बैशाख २०८१, बुधबार
2024-04-24

आगो निभाउन निस्केको बारुण यन्त्र दुर्घटना ; ५ जना घाइते

संजय सहनी

रौतहट । आगो निभाउन गएको बारुण यन्त्र (फायर विग्रेड) मंगलवार मध्य राति दुघटना हुँदा चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।

गौर नगरपालिका वडा नम्वर ६ सबगढामा आगो लागेको खवर पाउना साथ गएराति साढे १२ बजेको समयमा गौर नगरपालिका कार्यालय बाट निस्केको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम अन्सारी सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

सबगढामा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको छ ।

दुर्घटना भएको बारुण यन्त्रले कोल्टे फेर्र्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्यहरु गम्भीर घाईते भएको गौर नगरपालिकाको कार्यालयबाट बुझिएको छ ।

दुर्घटनामा परेका चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाईते हुँदा जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

विरगंज पठाइएकाहरुको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट रहेको हुँदा उनीहरुलाई राम्रो उपचारको लागि विरगंज पठाइएको गौर अस्पतालले जनाएको छ ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय गौर र स्थानीय बासिन्दाहरुले घाइतेहरुलाई बाहिर निकालेर उपचारको लागि पठाइएको जानकारी दिदै नेपाल प्रहरीका प्रवक्ता एवं डिएसपी घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

यसैविच, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानविय सेवामा हिडेका बारुण यन्त्र दुर्घटनामा परेर गम्भीर घाईते भएका साहसी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाबाट व्यहोर्ने बताए । आफनो ज्यानको पर्वाह नगरी रातिको समयमा आगो निभाउन गएकाहरु बारुण यन्त्र दुर्घटनामा परेको समय देखि निरन्तर रुपमा घाइतेहरुलाई बारुण यन्त्रबाट सुरक्षित निकाल्ने, उपचारको लागि पठाउने लगायतको कार्य गरियो ।

दुर्घटनाको अहिले सम्म ठोस कारण नखुलेपनि ब्रेक फेल भएको हुन सक्ने आशंका उनले गरे ।

प्रकाशित मिति: २०२३-०४-२६ , समय : ०८:३५:२६ , १२ महिना अगाडि

error: Content is protected !!