०६ जेठ २०८१, आइतबार
2024-05-19

फरार आरोपिका परिवार माथि प्रहरीको धरपकड

Aarya News Desk

सर्लाही। सर्लाहीको हरिवनका एक फरार आरोपीका परिवार माथि प्रहरीले धरपकड गरको छ । हरिवन नगरपालिका–९, स्थित दनवारीका फरार आरोपी ५५ बर्षका नारायण गौतमको परिवार माथि प्रहरीले धरपकड गरेको हो ।

फरार आरोपी गौतम माथि छिमेकी बालिकालाई गत फागुण २५ गते जबर्जस्ती करणीको आरोप लागेको थियो । लगतै ईलाका प्रहरी कार्यलय हरिवनमा पिडितको तर्फबाट उनी बिरुद्व मुद्वा दर्ता भएको थियो । लगतै पिडक भनिएका गौतम फरार छन् । भने, उन्को खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सोही घटनालाई लिएर आरोपित गौतमकी श्रीमती र भाईलाई गैर कानुनी ढंगल प्रहरीले धरपकड गरेको र आतंकित पारेको परिवारले जनाएका छन् । आरोपी गौमत बिरुद्ध मुद्वा दर्ता भएर अनुसन्धान अगाडि बढेको तथा आरोपिको प्रहरीले खोजी गरिरहेको अवस्थामा अपहरण शैलिमा सामान्य मानव अधिकारको समेत ख्याल नगरी प्रहरीले आफुहरुलाई अपराधिकरण गरेको उनीहरुले बताए ।

गौतम परिवारका अनुसार ओरोपितका भाई जनक गौतम र भाउजु पुर्णः कुमारी गौतमलाई सर्लाही प्रहरीले बुधवार बिहान एक्कासी पक्राउ गरेको थियो । गौतमकी श्रीमती पुर्णः कुमारीलाई प्रहरीले घरैबाट पक्राउ गरेको थियो । भने, भाई जनकलाई ईलाका प्रहरी कार्यलयमा छलफल भन्दै बोलाएर एक्कासी हत्कडी लगाएर जिल्ला प्रहरी कार्यलय मलंगवा पुर्याईएको थियो । नजिकै ईलाका प्रहरी कार्यलय रहे पनि उनीहरुलाई जिल्लाबाटै गाडि पठाएर गिरफ्तार गरिएको थियो ।

छलफलका लागि भन्दै एक्कासी हतकडी लगाएर अपमान जनक ढंगले म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यलय पुर्याईएको जनकले बताए । उनीहरु दुवैजनालाई बुधवार बिहान प्रहरीले पिडित बालिकाका परिवार माथि गाली गलौँज गरेको, झैझगडा गरेको तथा दुईजनाले कुटपिट गरेको आरोपमा मुद्वा सहित म्याद थपका लागि उपस्थित गराएको जिल्ला सरकारी वकिल कार्यलयका न्यायधिवक्ता कैलाश दहालका जानकारी दिए ।

सरकारी वकिल कर्यलयले ५ दिनको म्याद मागँ गरेर जिल्ला प्रशासन कार्यलय पठाईएकोमा उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यलय नपु¥याईएको पाहिएको छ । यस्ता घटनामा म्याद थप्ने अधिकार प्रमुख जिल्ला अधिकारी सगँमात्र हुने भएकोले म्याद मागँ दावी सहित पठाएको जिल्ला सरकारी वकिलका न्यायधिवक्ता दहालले जानकारी दिए ।

यस सम्बन्धमा कुराकानी भएको भएपनि म्याद थपको फाईल आफु कहाँ नआएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । जिल्ला प्रहरी कार्यलयमै दुवै पक्ष उपस्थित भएर आपसी समझदारी गरेको हुन सक्ने उन्को भनाई थियो । ‘आरोपी भनिएका फरार छन् । उन्को खोजी भईरहेको छ ।’ उन्ले भने, ‘यस्तो अवस्थामा समस्या सुल्झाउने गरी दुवै पक्ष विच सहमती भएको होला । यस बिषयमा अन्य जानकारी छैन् ।’

यता जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपी नरेशराज सुवेदीले सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । पिडक परिवारका सदस्य (श्रीमती र भाई) ले पिडित बालिकाका परिवार माथि गाली गलौँज, झैझगडा तथा कुटपिट गरेको उजुरीको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उन्ले दावी गरे । ‘सोधपुछका लागि ल्याएका हौँ । म्याद थप गरेको हैन् ।’ उन्ले भने, ‘आरोपित फरार रहेको अवस्थामा पिडित र पिडक परिवार विच द्वन्द्व नहोस भन्ने हिसावले सोधपुछका गरेर पठाएका छौँ ।’

यता पक्राउ परेका गौतम परिवारकोे स्थानीय एमाले नेता तथा पुर्व वडाध्यक्ष सिताराम पोखरेलको मिलेमतोमा एसपीको ठाडो आदेशमा आफुहरुलाई गिरफ्तार गरेको आरोप छ । सोधपुछका लागि मात्र हो भने, किन हत्कडी लगाएर ४० किलोमिटर टाढा जिल्ला प्रहरी कार्यलय पु¥यायो ? भन्ने प्रश्न उनीहरुको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको अवस्थामा घरका अन्य निर्दोष सदस्यलाई हुदै नभएको मुद्वा लगाएर थुन्ने प्रयास गरेको उनीहरुको दावी छ ।

जिल्ला प्रहरीका एसपी सुवेदीले सामान्य सोधपुछ भने पनि उनीहरुलाई म्याद थपको प्रयास भएको जिल्ला सरकारी वकिलको कार्यलयबाट पुष्टि भएको छ । तर, म्याद थप गर्न पु¥याइ सकेको अवस्थामा उनीहरुलाई प्रहरीले किन यसै छाड्यो भन्ने अर्को प्रश्न खडा भएको स्थानीयको भनाई छ । पिडक र पिडित भनिएका परिवार विच घटना पछि कुनै किसिमको चर्काचर्की समेत नभएको स्थानीय बताउछन् । फरार गौतमका परिवारले घटनाको निष्पक्ष छानविनको मागँ समेत गरे ।

एमाले नेता तथा पुर्व वडाध्यक्ष पोखरेलले गत स्थानीय निर्वाचनमा असहयोग गरेर आफुलाई पारजित गराएको पटक–पटक आरोप लगाउदै आएको र बदलाको भवनाले जिल्ला प्रहरी कार्यलयका एसपी सुवेदी सगँको मिलेमतोमा आफुहरुमाथि अन्यायपुर्ण र गैरकानुनी ढंगले धरपकड गरी दिनभरी हत्कडी लगाएर घुमाएको उनीहरुले दुखेसो पोखे । बुधवारको घटना पछि गौतम परिवार थप सशंकित बनेको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : ११:४९:५५ , १ वर्ष अगाडि

error: Content is protected !!