१५ बैशाख २०८१, शनिबार
2024-04-27

सरकारी गाडीको व्यापक दुरुपयोग: बागमती देखि कोशी प्रदेश सम्म परिवारलाई घुमाउदै

Aarya News Desk

विराटनगर। बागमती प्रदेश अन्तर्गत रहेको सरकारी कार्यलयका कार्यलय प्रमुख ले सरकारी गाडीको व्यापक दुरुपयोग गरेका छन्।

यसरी दुरुपयोग गर्नेमा डिभिजन वन कार्यालय मारिन सिन्धुलीका प्रमुख पुष्पराज बतोला निकै आगाडी देखिनु भएको छ। वहाँले प्रदेश ३-०३-००१ झ ००१६ नम्बरको गाडी लिई आउनु भएको छ।

वहाँले सरकारी गाडीमा परिवार लाई लिएर कोशी प्रदेश आन्तार्गत को विराटनगर आएर भारतको जोगानी बजार गई समान किनेर गाडीमा हाली राजश्व नतिरिकन इनरुवा जान खोज्दा भन्सार कार्यालयका कर्चारीले रोकेर समान चेकजाच गराउनु भन्दा आफु कार्यलय प्रमुख भएको भनि राजश्व तिर्न आस्विकर गरे पछी केहि समय तनाव भएको थियो।

निजले आफु सह सचिव तहको कर्मचारी भएको आफ्ना साथीहरु सचिव छन् भन्दै पदको दुरुपयोग गर्न खोज्दा कर्मचारीले राजश्व तिर्नु पर्छ भने पछी एक छिन विवाद गर्दै अन्त्यमा राजश्व तिर्न वाद्य भएका छ्न।

आफुले सिन्धुलीको प्रमुख जिल्ला अधिकारीबाट कोशी प्रदेशसम्म जानको लागि पास दिएको र सोहि आधारमा आफु विराटनगर आइ जोगवनी गएको बतोला बताउनुभयो।

जिल्ला प्रशासन कार्यलय सिन्धुलीले वहांको परिवारलाई घुम्नको लागि पास दिएको होइन तर परिवार सहित कसरि घुमेका छ्न, कुन प्रयोजनको लागि, के काम को लागि सवारी पास जारी गरेको छ। यस तर्फ सरोकार वाला निकाय को ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०४-२८ , समय : २३:१९:१८ , १२ महिना अगाडि

error: Content is protected !!