०४ आषाढ २०८१, सोमबार
2024-06-17

बाराको निजगढमा पुर्व मन्त्री सिंहले गरे खेलकुद मैदानको शिलान्यास

राधेश्याम कुशवाहा

निजगढ बारा । बाराको निजगढ नगरपालिकामा प्रदेश सरकारको ३० लाखको लागतमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण हुने भएको छ ।

नेपाली काँग्रेसका प्रतिभाशाली युवा नेता तथा मधेस प्रदेशका पुर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले निजगढ नगरपालिका वार्ड न.४ मा एक कार्यक्रमका बिच खेलकुद मैदानको शिलान्यास गरेका हुन ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री सिंहले खेलकुद पहिचान र स्वास्थ्य दुवैका लागि महत्त्वपूर्ण रहेकाले खेलकुद विकासले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।
अन्य देशको तुलनामा नेपालको खेलकुद विकास कछुवा गतिमा रहेकाले देशमा सुविधा सम्पन्न अत्याधुनिक खेलकुद मैदान निर्माण गरिनुपर्ने बताए ।

स्थानीय स्तरमा खेलकुद र नियमित प्रतियोगिता नहुदा यहाँ भएका खेलकुद प्रतिभावान युवाहरू विस्थापित हुँदै गएको दुखेको पोखे । खेलकुदमा लागेका युवाहरूलाई समेत प्रोत्साहन र उनीहरुको रोजगारीको गारन्टी गर्न नसक्दा उनिहरु अन्य पेसामा लाग्न समेत बाध्य रहेका छन । उहाँले भने ।
स्थानीय स्तरमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गरी खेलकुद प्रतियोगितालाई निरंतरता दिनुपर्ने र प्रतिभाशाली खेलाडीहरुलाई बाच्न पाउनुपर्ने अधिकारको सरकारले सुनिस्चित गर्नुपर्ने उहाँले बताए ।

उहाँले खेलकुद मैदानको शिलान्यास कार्यक्रम पश्चताप निजगढ नगरपालिकाका विभिन्न सामुदायिक विधालयहरु, कृष्ण प्रणामी मन्दिरको स्थलगत अवलोकन गर्नुको साथै विभिन्न राजनीतिक कार्यकता, नागरिक समाजका अगुवा समाजसेवी व्यक्तिहरुसंग भेटघाट गरेका थिए ।

सिंह मन्त्री पदमा हुँदा मधेस प्रदेशका ८ वटै जिल्लामा खेलकुद सामाग्री वितरण, विभिन्न खेलकुद प्रतियोगिताको आयोजना,खेलकुद मैदान निर्माण, जिम हल निर्माण तथा सामग्री वितरण, बालविवाह तथा दाईजो प्रथा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरि नेतुत्वको थोरै समयमा उहाँ प्रदेश भरिबाट राम्रो प्रशंसा बटुलेको पुर्व मन्त्री सिंहको स्वकीय सचीव निकेश त्रिपाठीले दाबी गरे ।

मन्त्री सिंह मधेस प्रदेशमा महिला बालबालिका युवा तथा खेलकुद बिकास मन्त्री रहेको बेला रङ्गशला निर्माणका लागि बजेट बिनियोजन गराएका थिए ।

प्रकाशित मिति: २०२३-०४-२९ , समय : २१:५०:४८ , १ वर्ष अगाडि

error: Content is protected !!