
अँ!साच्ची आज हाम्रो दुई वर्ष यात्राको अन्तिम दिन हो। भन्दा र सुन्दा कति सजिलो लाग्छ।
किन्तु यि कुरालाई सुइकार्न अन्तर मनलाई सार्है कठिनाई भइरहेको छ।
तर पनि के गर्ने, घरमा जन्म लिएको छोरी, बिधालय भर्ना भएको बिधार्थीलाई जति माया गरे पनि एक दिन विदाई गर्नै पर्ने हुन्छ।
यो प्रकृतिको नियम हो। ति बिगतका दिनहरु समझी रहदाँ कतै हाँसो,कतै आँशु र कतै कतै रिस पनि उठेर आँउछ,के!
एकले अर्कालाई महशुस गर्दै जाँदा, मित्रताको पवित्र बन्धनमा बाँधिदै जाँदा, प्रेम,स्नेह र उलास आपार मिलेको थियो। मानौँ नँया परिवार मिलेको थियो। समझिने क्रममा समझिन्छु। हरेक बुबा रुपी गरुहरु र आमारुपी म्यामहरुलाई, कतै माँतिएर मुख मुखै लागेको कुरो सम्झन्छु।
फेरी आँतिएर माँफी मागेको कुरो सम्झन्छु। सम्झिन त सबैलाई सम्झन्छु। किन्तु सबै भन्दा बढी म गेटमा बस्ने, हाम्रो ख्याल गर्ने, हामीलाई छोरा,छोरी जस्तो माया गर्ने आमीरुपी मायाकी खानी दिदिलाई सम्झन्छु।
जसलाई यो कलेजमा आँउदा पहिलो पल्ट भेटेको थिए। आज गई रहँदा अन्तिम छन सम्म हाम्रो साथमा हुनुहुन्छ।
अँ!साच्ची वाणिज्य र शिक्षाका केहि केटी साथीहरुलाई हामीबाट रिस पनि उठेको छ किनभन्दा हामी झ्याल छेउमा बसेर तिनिहरुलाई जिसकाएका जौ थियौँ।
कतिलाई रमाईलो पनि लाग्दैछ भनेर हामीलाई थाहा थियो मित्रतामा दरार नआओस् भन्ने कुराको प्रवाह जो थियो। जीवन भनेको भेटिनु र छुटिनु हो। छुटिनु भनेको सम्झना रहिरहुन हो मन देखि मन सम्म माया बाडिरहनु हो।
आजबाट हामी छुट्दैछौँ। छुट्दैछौँ भन्दैमा बिर्सनु हुन्न है!साथी बेला बेलामा सम्झिरहनु पर्छ,ल। सबैमा धैरे धेरै माया र सम्झाना!
प्रकाशित मिति: २०२३-०४-३० , समय : १७:३३:२४ , १ महिना अगाडि